विदेश

अफगानिस्तानमा ४.६ म्याग्निच्युडको भूकम्पीय कम्पन महसुुस

अफगानिस्तानमा ४.६ म्याग्निच्युडको भूकम्पीय कम्पन महसुुस
मंसिर - २३ । अफगानिस्तानको उत्तरपूर्वी लोगार प्रान्तमा बिहीबार ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । अफगानिस्तनको राजधानी काबुलबाट ६० किलोमिटर दक्षिणमा अवस्थित पुल-ए-आलम क्षेत्रमा केन्द्रविन्दु रहेको उक्त भूकम्पको धक्का काबुलमा पनि महसुस भएको थियो । अफगानिस्तानको दैवीप्रकोप व्यवस्थापन अधिकारीले प्रारम्भिक सूचनामा कुनै मानवीय क्षति भएको सूचना नपाएकोे बताएका छन् ।स्थानीय समयअनुसार दिउँसो २ः३० बजे गएको भूकम्पबाट केही कच्ची घरहरुमा सामान्य क्षति भएकोे समाचार प्राप्त भएको अधिकारीहरुले बताएका छन् । सिन्ह्वा

अफगानिस्तान भूकम्प शक्तिशाली भूकम्प

विशेष