News समाज

प्रधानन्त्रीको स्वागत गर्न आएकी छात्राको निधन

प्रधानन्त्रीको स्वागत गर्न आएकी छात्राको निधन

मंसिर २४ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वागत गर्न आएकी एक छात्राको बिहीबार निधन भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको कर्णाली एक्स्पो अन्तर्रा्ष्ट्रिय व्यापार मेलाको उद्घाटनमा विभिन्न विद्यालयहरुबाट र्यालीसहित विद्यार्थी सहभागी भएका थिए ।

बिहान १० बजेदेखि विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरु आफ्नो विद्यालयको व्यानर र पोशाकसहिर्त यालीमा सहभागी भएका थिए र्। यालीमा सहभागी सुर्खेत होराइजन माध्यमिक विद्यालय कक्षा–९ मा अध्ययनरत छात्रा समिक्षा आचार्यको ज्यान गएको हो र्। यालीमा हिँड्दै गर्दा वीरेन्द्रनगर बजारको वीरेन्द्र चोकमा वेहोस भएकी छात्रा आचार्यको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

हिँड्दा हिँड्दै वेहोस भएकी समिक्षालाई उपचारका लागि तत्काल देउती नर्सिङ होम सुर्खेतमा ल्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज र्पुयाइएको थियो तर त्यहाँ डाक्टरले मृत घोषणा गरेको छात्राका आफन्तले बताएका छन् ।

Death

विशेष