ताजा खबर News स्वास्थ्य

नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण, लागत १५ लाख

नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण, लागत १५ लाख

मंसिर २४ । भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रले नेपालमै पहिलो पटक कलेजोको सफल प्रत्यारोपण गरेको छ । केन्द्रले नौ घण्टा लगाएर भक्तपुरका ३६ वर्षिय बलराम नागामा कलेजोको सफल प्रत्यारोपण गरेको हो ।

आफ्नै दिदी सानुमाया लागेजुले भाई नागालाई कलेजो दान गरेपछि केन्द्रले निःशुल्क प्रत्यारोपण गरेको र अहिले दुबै विरामीको स्वास्थ्यस्थिति सामान्य रहेको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

दक्षिण कोरियाको सियोलस्थित सामसुङ्ग मेडिकल सेन्टरबाट आएका पाँच जना विशेषज्ञ र नेपालका आठ जना विशेषज्ञको संयुक्त टोलीले कलेजोको सफल प्रत्यारोपण गरेको डा. श्रेष्ठले जानकारी दिए ।

उनले कलेजो प्रत्यारोपणका लागि केन्द्रसँंग आवश्यक सबै पूर्वाधारहरु रहेको पनि बताए । डा. श्रेष्ठले नेपालमा.१५ लाख रुपैयाँमै कलेजो प्रत्यारोपण गर्न सकिने जानकारी पनि दिए ।

स्वास्थ्य मन्त्री गगन थापाले नेपाली स्वास्थ्य क्षेत्रमा यो ठूलो उपलब्धि भएको चर्चा गर्दै यसलाई निरन्तरता दिन सरकार जुनसुकै सहयोग गर्न तयार रहेको बताए ।

Liver Translpant

विशेष