ताजा खबर News

अमेरिकामा फेरि अर्का नेपालीको निधन

अमेरिकामा फेरि अर्का नेपालीको निधन

मंसिर २४ । अमेरिकाको ओक्लाहोमामा तनहुंका हरिबिनोद पौडेलको निधन भएको छ । ५९ वर्षिय पौडेलको क्यान्सरको उपचारको सिलसिलामा निधन भएको हो ।

लामो समय शिक्षण पेशामा संलग्न भएर विगत केही वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका थिए । स्वर्गीय पौडेलका पत्नी, एक छोरा र चार छोरी छन् । छोरा र तीन छोरी अमेरिकामा छन् भने एक छोरी नेपालमै छिन् ।

पौडेलको बुधबार हिन्दू परम्परा अनुसार ओक्लाहोमामा दाहसंस्कार गरियो । दाहसंस्कारमा ओक्लाहोमा र टेक्ससमा रहेका ठूलो संख्याका नेपालीहरुको उपस्थिती थियो ।

दाहसंस्कारको क्रममा नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछाने, गैर आवासीय नेपाली संघ (एनआरएन) का उपाध्यक्ष राम सी पोखरेल, एनआरएनका सल्लाहकार तथा नेपाली समाज टेक्ससका पूर्ब अध्यक्ष गौरी जोशी, नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रका अध्यक्ष रमेश पोखरेल लगायतको नेपालीहरुको उपस्थिती थियो ।

America Copa America Foodball

विशेष