विदेश

शक्तिशाली भूकम्पपछि १० हजारभन्दा बढी घरवारविहीन

शक्तिशाली भूकम्पपछि १० हजारभन्दा बढी घरवारविहीन

मंसिर - २४ । पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा गत बुधबार गएको शक्तिशाली भूकम्पको कारण १० हजार ३०१ व्यक्ति आफ्ना घरवार छोडी भागेका त्यहाँको प्रकोप नियन्त्रण विभागले शुक्रबार जानकारी दिएको छ । सो भूकम्पमा परी १०२ व्यक्तिको मृत्यु भएको छ भने सात सयभन्दा बढी घाइते भएका प्रकोप नियन्त्रण निकायले जानकारी दिएको छ । कम मात्र गहिराईमा केन्द्रविन्दु भएर आएको यस ६.५ रिक्टर स्केल मापन गरिएको शक्तिशाली भूकम्पको कारण आचे प्रान्तको पिडाई जया जिल्लामा मात्र करिब ११ हजार घर र भवनहरु क्षतिग्रस्त भएको बताइएको छ । यस शक्तिशाली भूकम्पमा परी १४६ वटा मस्जिद,पाँच पुल, एक विद्यालय भवन र १४ हजार सडक ध्वस्त भएको बताइएको छ । भूकम्प प्रभावित दजनौंको सङ्ख्यामा त्रिपालहरु बाँडिएको र यस ६.५ रिक्टर स्केलको मापन गरिएको भूक्म्पबाट भीषण क्षति भएको इन्डोनेसियाली अधिकारीहरूले जानकारी दिएका थिए । यस शक्तिशाली भूकम्पको कारण सयौँ घरलगायत आधारभूत संरचना ध्वस्त भएका हुनाले मृतकको सङ्यासमेत बढ्ने अनुमान गरिएको छ । यस शक्तिशाली भूकम्पपश्चात् २० पटक पराकम्पहरु आएको बताइएको छ । इन्डोनेसियाको आचे प्रान्त सन् २००४ मा आएको सुृनामीबाट पनि अति प्रभावित भएको थियो । त्यसबेला भूकम्पपछि आएको सुनामीमा परी इन्डोनेसिया भरी एक लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसमा पनि आचे प्रान्तका व्यक्तिहरुको हताहती सङ्ख्या बढी रहेको थियो । सिन्ह्वा

इन्डोनेसिया शक्तिशाली भूकम्प

विशेष