मुख्य समाचार News

संसद बैठक ३० गतेसम्मका लागि स्थगित, सहमतीमा अाउन सभामुखकाे अाग्रह

संसद बैठक ३० गतेसम्मका लागि स्थगित, सहमतीमा अाउन सभामुखकाे अाग्रह
मंसिर – २४ । संसद बैठक आज पनि अवरुद्ध भएको छ । व्यवस्थापिका संसदको शुक्रबार बसेको बैठक विपक्षी दलहरुको अवरोधका कारण स्थगित भएको हो । संविधान संशोधनमा असहमति जनाउँदै संविधान संशोधन प्रस्तावको विरोध गर्दै मुख्य विपक्षी एमाले सहित माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, परिवार दल, नेपा पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीका सांसदले बैठक चल्न नदिएका हुन् । बैठक सुरु हुनासाथ विपक्षी पार्टीहरुले अवरोध गरेपछि सभामुख ओनसरी घर्ती मगरले आगामी मंसिर ३० गते बिहान ११ बजेसम्मका लागि स्थगित गरेको जानकारी दिइन् । संविधान संशोधन प्रस्ताव दर्ता भएपछि वैठक स्थगित भएको यो पाँचौ पटक हो । सरकारले मंसिर १४ गते पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरसहित चार विषयमा संशोधन प्रस्ताव ल्याएपछि विपक्षी एमाले सहितका दलले त्यसको विरोध गरेका छन् । संसद बैठक लगातार अवरुद्ध हुँदै आएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव अघि बढ्न सकेको छैन । सभामुख घर्तीले ट्वीट गर्दै सांसदहरुलाई सहमतीमा अाउन अाग्रह गरेकी छन् । सदनकाे कारवाहीमा अवराेध हुँदै गए अगामी वर्ष हुने तीन तहकाे चुनाव सम्भव नहुने उनले उल्लेख गरेकी छन् । https://twitter.com/SpeakerofNepal/status/807157034013425664

ओनसरी घर्ती मगर संविधान संशोधन प्रस्ताव संसद बैठक

विशेष