विदेश

ट्रम्पद्वारा फिनिस राष्ट्रपतिसँग टेलिफोन वार्ता

ट्रम्पद्वारा फिनिस राष्ट्रपतिसँग टेलिफोन वार्ता
मंसिर–२४ । फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टो र अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका बीचमा बिहीबार टेलिफोन वार्ता भएको छ । उनीहरुले फिनल्याण्ड र अमेरिकाको सम्बन्धलगायत रुस र ‘द आक्र्टिक काउन्सील’को बारेमा छलफल गर्नु भएको फिनल्याण्डको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो काउन्सीलको आगामी बर्ष अर्थात सन् २०१७ देखि फिनल्याण्डले अध्यक्षता लिदैछ । हाल अमेरिका सो काउन्सीलको अध्यक्ष छ । उनीहरुकाबीचमा फिनल्याण्डको स्वतन्त्रता दिवसका अवसरमा आयोजना हुने बार्षिक समारोहका बारेमा समेत छलफल भएको छ । ट्रम्पले यसअघि नोभेम्बरको अन्त्यतिर स्विडेन र डेनिसका प्रधानमन्त्रीसँग पनि टेलिफोनवार्ता गरेका थिए भने डिसेम्बरको सुरुमा नर्वेको प्रधानमन्त्रीसँग वार्ता गरेका थिए । रासस÷सिन्ह्वा

डोनाल्ड ट्रम्प साउली निनिस्टो

विशेष