विदेश

हामी पुनर्निर्माण गर्छाैँ : इन्डोनेसियाली राष्ट्रपति

हामी पुनर्निर्माण गर्छाैँ : इन्डोनेसियाली राष्ट्रपति
मंसिर–२४ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले भूकम्पबाट पिडितहरुलाई पुनर्निर्माणका लागि सहयोग गर्ने शुक्रबार प्रतिबद्धता व्यक्त गरेका छन् । भूकम्पबाट प्रभावित क्षेत्रको निरिक्षणका क्रममा राष्ट्रपति विडोडोले पुनर्निर्माणका लागि सवै जना जुट्नु पर्नेमा जोड दिए । गत बुधबार इन्डोनेसियाको आचे प्रान्तमा आएको भूकम्पका कारण १ सय जना भन्दा बढीको मृत्यु भएको छ भने हजारौंले घर छोडेर हिड्नु पर्ने अवस्था भएको छ । धेरै गहिराई नभएको ६.५ म्याग्नीच्युडको भूकम्पले आचे प्रान्तका सयौं आवासीय घरहरु, मस्जीदहरु, व्यापारिक भवनहरुमा क्षती पुर्याएको छ । भूकम्प गएको दोस्रो दिनदेखि उद्धारकर्ताहरुको टोलीले तालिम प्राप्त कुकुर र एक्जाभेटर परिचालन गरेर भग्नावशेष हटाईरहेका छन् . मानवअधिकारकर्मीहरुले पनि अति प्रभावित क्षेत्रहरु, शिविरहरु र धेरै भिड भएका अस्पतालहरुमा सहयोग पुर्याएका छन् । सुमात्रा टापूबाट उत्तरतर्फ पर्ने आचे प्रान्तमा बेला बेलामा भूकम्प गईरहने गर्दछ । रासस÷एएफपी

इन्डोनेसिया जोको विडोडो

विशेष