News

संविधान संशोधनको विकल्प छैन : उपप्रधानमन्त्री महरा

संविधान संशोधनको विकल्प छैन : उपप्रधानमन्त्री महरा
मंसिर–२४ । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनको विकल्प नभएकाले संशोधन प्रस्ताव फिर्ता नहुने बताएका छन् । शुक्रबार सदरमुकाम बेंसीसहरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री महराले परिमार्जन गरेर भएपनि संविधान संशोधन गरिने दाबी गरे । संविधान संशोधनको विषयमा चर्किएको विवाद सान्दर्भिक भएको बताउँदै उनले संविधान संशोधन गम्भीर विषय भएकाले यसलाई व्यापक बहसमा ल्याउन जरुरी भएको उल्लेख गरेका छन् । “सविधान संशोधनको प्रस्तावमा विरोध आउनु असान्दर्भिक छैन्” उपप्रधानमन्त्री महराले भने, “यस विषयमा व्यापक छलफल हुन जरुरी छ ।” व्यापक छलफलपछि प्रस्तावित बुँदाहरूलाई परिमार्जन गरेर भएपनि संविधान संशोधन गर्नुपर्छ ।” मन्त्री महराले भने, “संविधानका विषयमा कोही सन्तुष्ट छन् कोही असन्तुष्ट छन् तर सवैलाई सन्तुष्ट गराउन समय लाग्छ ।” वर्तमान सरकार संविधान संशोधनसहित भूकम्पपछिको पुनःनिर्माण, शान्ति प्रक्रियाको बाँकी काम, मूलुकको आर्थिक समृद्धि र संविधान कार्यन्वयनको विषयमा गम्भीर भएको बताएका छन् । रासस

कृष्णबहादुर महरा संविधान संशोधन प्रस्ताव

विशेष