मोरङ र झापाका लागि ठूलो परियोजना ल्याउँछौ : मन्त्री गिरी

मंसिर–२४ । सिँचाइमन्त्री दिपक गिरीले मोरङ र झापालाई सिँचाइ सुविधा पुर्याउने गरी ठूलो परियोजना ल्याउने तयारी भइरहेको बताएका छन् ।
मोरङको बाहुनी गाविसमा आयोजित उपहार कृषि सहकारी संस्थाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गिरीले मोरङ र झापाका खोलाहरूले धेरै बिगार गरिसकेको बताउँदै अब बिगार गर्नु अगावै जोखिमयुक्त पहिरो परियोजना ल्याउने तयारी भइरहेको बताए । अर्काे प्रशङ्गमा मन्त्री गिरीले संविधान संसोधन प्रस्ताव पारित गरेर संविधान र सङ्घीयता कार्यान्वयनमा लैजानुपर्ने विचार राखेका छन् ।
कार्यक्रममा श्रम तथा रोजगार राज्यमन्त्री दिलिप गच्छदार, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, सुनसरी मोरङ सिँचाइ योजनाका प्रमुख तारा पौडेलको उपस्थिति थियो । रासस
मोरङ र झापा
सिँचाइमन्त्री दिपक गिरी