News

समस्याको समाधान सदन अवरोधले हुँदैनः पूर्वराष्ट्रपति डा यादव

समस्याको समाधान सदन अवरोधले हुँदैनः पूर्वराष्ट्रपति डा यादव
मंसिर - २४ । पूर्वराष्ट्रपति डा रामवरण यादवले विद्यमान समस्याको समाधान सदन अवरोधले हुन नसक्ने बताएका छन् । उनले ‘सीमाञ्चल’ पत्रिका प्रवद्र्धन केन्द्रद्वारा प्रकाशित ‘प्रतिभाशाली पत्रकार’ नामक पुस्तकको लोकार्पण गर्दै उनले संशोधन प्रस्तावको विधिअनुरुप निकास खोज्नु आवश्यक रहेकाे बताएका हुन् । विगतमा आफूले विज्ञलाई राखी सीमाङ्कन गर्न सल्लाह दिएको तर सीमाङ्कनलाई खेतबारी खण्डित गर्ने किसिमले गर्दा समस्या जटिल बनेको विचार व्यक्त गर्दै उनले सीमाङ्कनको वैज्ञानिक आधार आत्मसात् गर्नुपर्नेमा जोड दिए । डा यादवले प्रजातन्त्रलाई मनपरीतन्त्र बनाइ भद्रगोलको अवस्था सिर्जना गर्नेको बिगबिगी बढ्दै जानु प्रजातन्त्रको संस्थागतका सन्दर्भमा चिन्ताको विषय रहेकाे बताए । पत्रकारले राष्ट्र र समाजको सत्य अन्वेषण गर्दै लेख्नुपर्नेमा विगतमा सो मान्यता विपरीत लहैलहैमा सूचना प्रवाह भएको टिप्पणी गर्दै उनले लोकतन्त्र बलियो भएमा मात्र पत्रकारिता फस्टाउन सकिने धारणा राखे । सो अवसरमा उनले वरिष्ठ पत्रकार राजेश्वर नेपाली, बिएम खनाल र मनोज साहलाई दोसल्ला ओढाई सम्मानसमेत गरे । कार्यक्रममा प्रा डा भोगेन्द्र झाले पीत पत्रकारिताले समाज र राष्ट्रलाई दिग्भ्रमित गरेको प्रसङ्ग उल्लेख गर्दै कर्मशील पत्रकारको सम्मानमा जोड दिए । सम्मानित वरिष्ठ पत्रकार नेपालीले पत्रकारितालाई व्यापारीकरण गरिएका कारण सञ्चार क्षेत्रमा अपराधीको वर्चस्व कायम भएको बताए । ‘सीमाञ्चल’ पत्रिकाका सम्पादक उपेन्द्र नागवंशीद्वारा प्रकाशित सो पुस्तकमा जनकपुरलाई केन्द्रबिन्दु बनाई पत्रकारिता गर्ने ५६ पत्रकारको सङ्घर्ष यात्रा रहेको छ । रासस

डा रामवरण यादव पूर्वराष्ट्रपति

विशेष