राजनीति News

‘बाह्य इसारामा संशोधन प्रस्ताव आएको भन्नु गलत’

‘बाह्य इसारामा संशोधन प्रस्ताव आएको भन्नु गलत’
मंसिर २५ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बाह्य इसारामा संशोधन प्रस्ताव आएको भनेर विपक्षी दलले प्रचारबाजी गर्नु गलत काम भएको बताएका छन् । काँग्रेस काठमाडौँ महानगरपालिका– २९ वडा समितिले शनिबार आयोजना गरेको ‘रक्तदान तथा सम्मान’ कार्यक्रममा नेता सिंहले मधेस आन्दोलनलाई सम्बोधन गर्नका लागि संशोधन प्रस्ताव आएको बताए । उनले भने, “मधेस आन्दोलन सम्बोधन गर्न संशोधन प्रस्ताव आएकामा बाह्य इसारामा संशोधन प्रस्ताव आयो भन्नु गलत हो ।” पूर्व उपप्रधानमन्त्री सिंहले संविधान कार्यान्वयनका लागि दलहरु गम्भीर हुनुपर्नेमा जोड दिँदै सबै दलको भावना समेटेर निर्वाचनमा जानु अहिलेको मुख्य काम भएको बताए । कार्यक्रममा नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका १२ प्रजातन्त्र सेनानीलाई सम्मान गरिएको थियो भने ५० भन्दा बढीले रक्तदान गरेका थिए ।

prakash man singh

विशेष