विदेश

अात्मघाती बम हमलामा परी मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो

अात्मघाती बम हमलामा परी मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो
मंसिर - २५ । नाईजेरियाको उत्तरपुर्वी क्षेत्रमा शुक्रबार भएको आत्मघाती बम हमलामा परी मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ५६ पुगेको छ । घटनामा परी अरु १७७ जना घाईते भएको र घटना भएको क्षेत्रमा त्रास फैलिएको स्थानीय अधिकारीहरुले जनाएका छन् । स्थानीय मडगाली सरकारका प्रमुख युसुफ मोहम्मदले घाइतेमध्ये ५७ जनाको अवस्था पनि गंभिर रहेको जानकारी दिए । उनले घाइतेहरुको उपचारका लागि सहयोग उपलब्ध गराउन केन्द्रीय र प्रान्तीय सरकारलाई आग्रह गरेका छन् । मडगाली योलादेखि २७६ किलोमिटर टाढा पर्दछ । सिन्ह्वा

आत्मघाती बम हमला नाईजेरिया

विशेष