News

मानवअधिकार दिवस जलपानमा राष्ट्रपति

मानवअधिकार दिवस जलपानमा राष्ट्रपति
मंसिर - २५ ।  अठ्सठ्ठीऔँ विश्व मानवअधिकार दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सिंहदरबारमा आयोजना गरेको जलपान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भइन्। कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, संवैधानिक निकायका प्रमुख, मन्त्रीगण, सांसद, नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा राजदूत, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा मुख्य सचिव सोमलाल सुवेदीले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा अविचलित रुपमा नेपालले मानवअधिकारप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गर्दै आएको जानकारी दिए । मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीको नेपाल पक्ष राष्ट्र बन्नुका साथै त्यसको कार्यान्वयन गर्नका लागि संवैधानिक, कानुनी, नीतिगत, संस्थागत तथा कार्यक्रम प्रबन्ध गर्दै आएको मुख्य सचिव सुवेदीले बताउनुभयो । सन् १९४८ मा आजकै दिन विश्वव्यापी मानव अधिकार घोषणापत्र जारी भएको थियो । यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘कसैको अधिकारका लागि आजैबाट प्रयत्न गरौँ’ भन्ने रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड विद्यादेवी भण्डारी सिंहदरबार

विशेष