ताजा खबर राजनीति News

संविधान संशोधनमा मधेशी मोर्चा लचिलो, एमालेले सद्भाव विथोलेको आरोप

संविधान संशोधनमा मधेशी मोर्चा लचिलो, एमालेले सद्भाव विथोलेको आरोप

मंसिर २६ । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले संसोधन प्रस्तावको बिरुद्धमा एमालेले गरिरहेको आन्दोलने सामाजिक सद्भाव बिथोलेको आरोप लगएको छ ।

तमलोपा कार्यालय बिजुली बजारमा शनिबार साझ बसेको मोर्चाले एमालेको आन्दोलनले सहमतिय वातावरण समेत बिगारेको र बिभिन्न समुदायबिचको सामाजिक सद्भाव बिथोल्न मद्धत पुगेको आरोप लगाएको हो ।

त्यस्तै बैठकले सरकारले दर्ता गरेको प्रस्तावलाई यथास्थीतमा राख्न आग्रह गर्ने र मोर्चाको सहमतिबाट परिमार्जन सहित अघि बढे सरकारलाई सहयोग गर्ने निर्णय समेत गरेको छ । बैठकले आफ्ना माग पुरा गर्नका लागी दवाव कार्यक्रमलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

Morcha

विशेष