ताजा खबर राजनीति News

नेपालमा १० प्रदेश हुनुपर्नेमा डा. भट्टराईको जाेड

नेपालमा १० प्रदेश हुनुपर्नेमा डा. भट्टराईको जाेड

मंसिर २६ । नयां शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टाराईले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुनुपर्ने बताएका छन् । नेवा राष्ट्रिय परिषद र तामाङ परिषदले शनिबार काठमार्डौमा गरेको संविधान संशोधन विषयक अन्तरक्रिय कार्यक्रममा संयोजक भट्टाराईले प्राप्त उपलब्धिको संरक्षण गर्दै संशोधनको प्रस्ताव परिमार्जन हुनुपर्ने बताएका हुन । प्रस्ताव अदिवासी जनजाति, मधेसी र उत्पीडित समुदयको हितमा नभएकाले परिमर्जान हुनुपर्ने उनको दाबी रहेको छ ।

संविधन सशोधन प्रस्तावमा एकल भाषाको ठाउमा बहुभाषिक नीति हुनुपर्ने, राष्ट्रियसभाको विषयमा परिवर्तान हुनुपर्ने, अंगीकृत नागरिकता पाएको ब्यक्तिलाई राज्यको प्रमुख पद दिन नहुने जस्ता विषयमा संशोधन प्रस्तावमा समेट्नुपर्ने बताए । पहिचान र सामथ्र्यको आधारमा राज्य पुनर्संरचन हुनुपर्ने भट्टाराईको भनाइ छ । लिम्बु, राई, तामाङ, नेवार, गुरुङ, मगर, थारु, मधेुसीजस्ता जातिको पहिचानको आधारमा दश प्रदेशहुनुपर्ने पार्टीको धारणा रहेको बताए ।

संघीयता विरोधीहरुको सशक्त प्रतिवाद गरिने बताउनुभयो । मुलुकको विकास र समृद्धिका लागि सबै एकज्ुट भएर अघि बढ्नुपर्ने उहाको भनाई छ ।

baburam bhattarai

विशेष