अपराध सुरक्षा News

२६ ट्रिपर र तीन जेसिवी समातिए

२६ ट्रिपर र तीन जेसिवी समातिए

मंसिर २६ । नवलपरासीको कावासोती स्थित केरुङ्गे खोलामा अबैध रुपमा खोलाजन्य सामाग्रीको उत्खनन र निकाशी गरिरहेको अबस्थामा शनिवार २६ ट्रिपर , तीन जेसिवी समातिएका छन् ।

खोलामा अबैध ब्यापक गुनासो बढेपछि स्थानीय विकास अधिकारी जीवलाल भुसाल सहितको टोलीले खोलाको अबलोकन गर्दा खोलामा भेटिएका २६ ट्रिपर तीन ट्याक्टर र तीन वटा जेसिवी पक्राउ गरेको हो । पक्राउ परेका सबै साधनलाई इलाका प्रहरी कार्यालय कावासोती राखिएको छ ।

केरुङ्गे खोलाबाट मात्रै झण्डै रु १५ करोडको ढुङ्गा, गिट्टी, बालुवा, मिस्कट अबैध रुपमा बाहिरिएको स्थानीयबासीले अनुमान गरेका छन् । जिल्ला विकास समितिले तीन बर्ष देखि खोलाको ठेक्का नलगाउदा पुरानो ठेक्काको आडमा ठेकेदारले खोलाजन्य सामाग्री उठाउदै आएको हो । यो अबैध काम रोकेर खोलाको ठेक्का प्रक्रियालाई अगाडि बढाउछु एलडिओ भुसालले भन्नुभयो—‘ आइइ, टेन्डर निकाल्ने समय र केही प्रक्रियाको समय सहित एक महिना सात दिनमा खोलाको ठेक्का लगाउछु’।

केरुङ्गे खोलाको ३५ किलो मिटर क्षेत्रमा जेसिबी लगाएर खोला गहिरो बनाउने काम भएको छ । जिल्ला विकास समिति नवलपरासीले गरेको काम राम्रो भएको एमालेका नेता भीमलाल अधिकारीले बताउनु भयो । प्राकृतिक स्रोतको ब्यवस्थापन गर्ने हो दोहन गर्ने होइन भन्ने मान्यता स्थापित गर्नुपर्छ उहाँले भन्नुभयो —‘ जनताको आँखामा छारो हार्ने काम नभएर वास्तिवक काम गर्नुपर्छ ’ ।

खोलाको अनुगमनका स्थानीय विकास अधिकारी जीवलाल भुसाल, योजना अनुगमन तथा प्रसाशकीय अधिकृत प्रकाश पन्थी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत बलराम अर्याल, सेक्टर वन कार्यालयका कर्मचारी लगाएतको सहभागीता रहेको थियो ।

Kawasoti

विशेष