ताजा खबर विदेश News

त्रासमा आप्रबासी नेपाली, के गर्लान डोनाल्ड ट्रम्पले ?

त्रासमा आप्रबासी नेपाली, के गर्लान डोनाल्ड ट्रम्पले ?
मंसिर २६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ खाने दिन(जनवरी २०) नजिकिंदै गर्दा अमेरिकामा बसोबास गर्दै आएका आप्रबासीमा चिन्ता बढ्दो छ । निर्बाचन जित्नेवित्तिकै ट्रम्पले दोहोर्‍याएको ‘आपराधिक गतिविधिमा संलग्न गैरकानुनी आप्रबासीलाई डिपोर्ट गर्ने’ घोषणाले उनीहरुको ध्यान खिचेको छ । राष्ट्रपतिको पदभार ग्रहण गरेकै दिनदेखि उनले कस्तो नीति लिनेछन् भन्ने चिन्ता आप्रबासीमा छ । एउटा निश्चित विषय हो–आगामी दिन आप्रबासीहरुका निम्ती पहिलेकै जस्तो उर्बर अमेरिका रहनेछैन् । नीतिगत रुपमा अनुदार मानिने रिपब्लिकन पार्टीको सबैतिर(सिनेट र तल्लो सदन) बहुमत छ । यसको अर्थ ट्रम्पले कुनै अलोकप्रिय नीति लिए पनि पारित गर्ने मत उनीसँग छ । त्यसोत निबर्तमान हुँदै गरेका राष्ट्रपति बाराक ओबामाको राष्ट्रपति कार्यकाल आठबर्षबीच अमेरिकाबाट ३२ लाख आप्रबासीलाई देश निकाला गर्ने फैसला भएको थियो । जसमा १ हजार ५ सय २५ नेपाली थिए । उनीहरु अमेरिकी अदालत या एमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टमार्फत डिपोर्टेसनमा परेका हुन् । अमेरिकी अदालतबाट देशनिकालाको आदेश पाउने नेपालीको संख्या अघिल्ला राष्ट्रपति कार्यकालमा भन्दा ओबामा कार्यकालमा बढी हो । नयाँ पत्रिका  

donald trup

विशेष