विदेश

नाइजेरियामा चर्चको छत खस्यो, ६० जनाको मृत्यु

नाइजेरियामा चर्चको छत खस्यो, ६० जनाको मृत्यु
  मंसिर २६ । नाइजेरियाको दक्षिण पूर्वी शहरस्थित एक चर्चको छत खस्दा ६० जनाको मृत्यु भएको छ । घटनामा कयौं घाइते भएका छन् । घटनामा अझै केही पुरिएको आशंका गरिएको छ । निर्माणाधीन अवस्थामा रहेको चर्चमा भइरहेको धार्मिक कार्यक्रममा ठूलो संख्यामा सर्वसाधारण सहभागी भइरहेका बेला छत एक्कासी खसेको हो । यसैबीच नाइजेरियाका राष्ट्रपति मोहमद बुहारीले घटनाप्रति दुःख ब्यक्त गरेका छन्  । नाइजेरियामा बर्षेनी भवन भत्कँदा सयौंको मृत्यु हुने गरेको छ ।

Nigeria

विशेष