ताजा खबर News समाज

सम्पत्ती विवरण पेश गरेको छु, प्रधानमन्त्री कार्यालयले नै लुकायो : मन्त्री निधी

सम्पत्ती विवरण पेश गरेको छु, प्रधानमन्त्री कार्यालयले नै लुकायो : मन्त्री निधी

मंसिर २६ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले साढे दुई महिनाअघि नै सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रिय सकर्तकता केन्द्रलाई बुझाइसकेको बताएका छन् ।

निधिले गत असोज ६ मा नै सम्पत्ति विवरण बुझाएको बताए । सम्पत्ति विवरणको दर्ता नम्बर ३७४४ रहेको निधिले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् । निधिले आफू मन्त्री भएको बेलामात्रै नभई निर्वाचनबाट विजयी भएलगत्तै समेत आफ्नो सम्पत्ति विवरण पेस गरेको उल्लेख गरेका छन् ।

Nidi

विशेष