ताजा खबर विदेश News

फुटबल मैदान नजिक विष्फोट २९ जनाको मृत्यु

फुटबल मैदान नजिक विष्फोट २९ जनाको मृत्यु

मंसिर २६ । टर्कीको स्तानबुलमा एक फुटबल स्टेडियम बाहिर भएको बम विस्फोटमा कम्तिमा २९ जनाको मृत्यु भएको छ । विस्फोटमा १६६ जना घाइते छन् ।

टर्कीका आन्तरिक मन्त्री सुलेमान सोइलुका अनुसार दंगा निरोधी प्रहरीदस्ताले एक बसलाई लक्षित गरेको अवस्थामा कार बम विस्फोट भएको थियो । विस्फोट टर्कीको चर्चित फुटबल टीमबीच भएको खेलको एक घण्टापछि भएको थियो ।

अहिलेसम्म हमलाको जिम्मेवारी कसैले पनि लिएका छैनन् । तर, टर्कीमा हुने यस्ता हमलामा कुर्द चरपन्थी या इस्लामिक स्टेट जिम्मवार हुने गरेका थिए ।

Turky Bisphot

विशेष