विदेश

समातिए भारतीय वायूसेनाका पूर्व प्रमुख

समातिए भारतीय वायूसेनाका पूर्व प्रमुख

मंसिर २६ । भारतीय वायुसेनाका पूर्व प्रमुख एसपी त्यागीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । उनले भारतीय सेनाको हेलिकोप्टर खरिद गर्दा करोडौंको भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

भारतीय केन्द्रिय अनुसन्धान व्यूरो सिआइवीे त्यागीलाई पक्राउ गरेको हो । सीआइवीले उनलाई इटालीएन कम्पनीलाई सम्झौता विपरित करोडौं रकम उपलब्ध गराएको आरोप लागएको छ । उक्त प्रकरणमा इटालीका उक्त हेलिकोप्टर विक्रेता कम्पनीका जेसिप ओरसीलाई इटालीको मिलानबाट सन् २०१३ मा पक्राउ गरिएको थियो ।

भारतीय मन्त्रीपरिषद्ले सन ७ सय ५३ मिलियन डलरमा १२ वटा हेलिकोप्टर खरिद गर्न लागेको उक्त सम्झौता सन २०१४ मा खारेज गरेको थियो । उक्त हेलिकोप्टर भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगाएतका लागि प्रयोगका लागि खरिद गर्न लागिएको थियो ।

SP Tyagi

विशेष