ताजा खबर News

प्रहरीमाथि स्थानीयवासीको आक्रमण, १० जनभन्दा बढी प्रहरी जवान घाइते

प्रहरीमाथि स्थानीयवासीको आक्रमण, १० जनभन्दा बढी प्रहरी जवान घाइते
मंसिर–२६ । जोरपाटी नयाँबस्तीमा रहेको प्रहरी चौकीमा स्थानीयले आक्रमण गरेका गर्दा १० जनाभन्दा धेरै प्रहरी घाइते भएका छन् । प्रहरीले पक्राउ गरेका ट्याक्सी चालक राजु लामाको मृत्यु भएपछि स्थानीय वासिन्दाले आक्रोशित भइ प्रहरी बिटमा आगजनी गर्दा यो घटना भएको हो। मादक पदार्थ सेवन गरी ट्याक्सी चलाएका राजु लामालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको थियाे । पक्राउ परेका लामाको मृत्यु भएपछि प्रहरीको कुटपिटले चालक लामाको मृत्यु भएको भन्दै स्थानीयवासी प्रहरी चौकीमाथि आक्रमणमा उत्रिएका हुन् । प्रहरीले भने चालक लामालाई बिहान अस्पतालतर्फ लैजादै गर्दा मृत्यु भएको बताएको छ । आइतबार करिब ५ सयको संख्यामा गएका स्थानीयवासीले प्रहरी बिटमा आक्रमण गर्दा ५ वटा मोटरसाइकल जलेर नष्ट भएको छ । आक्रमणबाट दुई तले चौकीसमेत ध्वस्त भएको प्रहरीले जनाएको छ ।

जोरपाटी प्रहरी

विशेष