खेल विदेश

टर्कीको रंगशाला अगाडि पुलिसलाई लक्षित बम बिस्फोट, २९ को मृत्यु

टर्कीको रंगशाला अगाडि पुलिसलाई लक्षित बम बिस्फोट, २९ को मृत्यु
मंसिर–२६ । टर्कीको फुटबल रंगशाला बाहिर भएको बम बिस्फोटमा २९ जनाको मृत्यु र १६६ जना घाइते भएका छन् । इस्तानबुको बेसिकाट्स रंगशाला अगाडि उक्त बिस्फोट भएको थियो । बिस्फोट दुई पटक भएको थियो । पहिलो बिस्फोट कार बममार्फत पुलिसको गाडिलाई लक्षित गरिएको थियो । त्यस्तै अर्को बिस्फोट आत्मघाती रहेको र बिस्फोट गराउनुको उद्देश्य प्रहरी अधिकारीप्रति लक्षित रहेको बताइएको छ । बिस्फोट बेसिकाट्स टोलीको खेल सकिएको २ घण्टा पछि भएको हाे । उक्त बिस्फोटमा २ नागरिक र बाँकी सबै पुलिस मारिएको बताइएको छ । उक्त बिस्फोटको जिम्मेवारी भने अहिले सम्म कसैले लिएको छैन ।

टर्की फुटबल रंगशाला

विशेष