विदेश

टर्कीमा एक दिनको राष्ट्रिय शोक

टर्कीमा एक दिनको राष्ट्रिय शोक
मंसिर–२६ । टर्कीमा आइतबार एक दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । टर्कीको सवै भन्दा ठूलो सहर इस्तानबुलको मध्यभागमा शनिबार राती भएको दुई वटा बम बिस्फोटमा परी २९ व्यक्तिको मृत्यु भएपछि सो घोषणा गरिएको हो । सो विस्फोटमा परी २७ प्रहरी अधिकृतसमेत २९ व्यक्तिको मृत्यु हुनको साथै अन्य १६६ जना घाइते भएका थिए । टर्कीका प्रधानमन्त्री बिनाली यिल्दिरिमले विभिन्न सरकारी कार्यिलय र देशभरी रहेको राष्ट्रिय झण्डा आधा झुकाउनसमेत आदेश दिएका छन् । सो विस्फोटहरु फुटबल खेलमैदानजिकै र अर्को एक पार्कनजिकै गरिएको सरकारी समाचार समिति अनादोलुले जानकारी दिएको छ ।

टर्की रासस –एएफपी

विशेष