विदेश

मत परिणामको सम्मान गर्न जम्मेहलाई राष्ट्रसङ्घको आग्रह

मत परिणामको सम्मान गर्न जम्मेहलाई राष्ट्रसङ्घको आग्रह
मंसिर–२६ । संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले निर्वाचनको मतपरिणामलाई पूर्ण रुपमा स्विकार्न गाम्बियाका निवर्तमान राष्ट्रपति याहया जम्मेह र सवै राजनीतिक नेताहरुलाई आग्रह गरेका छन् । उनले निर्वाचनबाटै समस्याहरुको समाधान निकाल्न र कानुनी प्रक्रियालाई स्थापित गर्न पनि आह्वान गरे । महासचिव मुनका प्रवक्ताद्धारा जारी वक्तव्यमा गाम्बियाका नेता जम्मेहले गत डिसेम्बर एकका दिन भएको निर्वाचनको मतपरिणाम नस्विकार्ने शुक्रबार बताएको प्रति मुनले चिन्ता व्यक्त गरेका हुन् । गाम्बियाका जनताले निर्वाचन मार्फत व्यक्त गरेको चाहनालाई सम्मान गर्न पनि मुनले आग्रह गरेको वक्तव्यमा भनिएको छ । जम्मेहले निर्वाचन भएको एक हप्तापछि शुक्रबार मत परिणाम नस्विकार्ने बताउदै नयाँ निर्वाचन गर्न माग गरेका थिए । त्यसको भोली पल्ट शनिबार बिहान राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पनि सार्वभौम जनताको रोजाईलाई नस्विकार्नु जम्मेहको गल्ती हुने टिप्पणी गरेको छ । राष्ट्रपतिमा नवनिर्वाचित अदाम बार्रोलाई कुनै शर्त विना कुनै ढिला नगरी शक्ति हस्तान्तरण गर्न पनि परिषद्ले आग्रह गरेको छ । अहिले राष्ट्रपतिमा पराजित भएका जम्मेहले सन् १९९४ देखि सैनिक शासकको रुपमा गाम्बियाको सत्ता सम्हालेका थिए । अफ्रिका महादेशको सबैभन्दा सानो देश गाम्बियाको जनसङ्ख्या २० लाखभन्दा कम रहेको छ ।

गाम्बिया रासस÷सिन्ह्वा संयुक्त राष्ट्रसङ्घ

विशेष