एउटै लौका पच्चिस किलोको
मंसिर २६ । तरकारीका लागि बढी प्रयोगमा आउने लौका बढीमा पाँच, आठ वा दश किलोसम्म फल्नसक्छ भनेर सबैले अनुमान लगाउन सक्छन् ।
तर एक किसानको बारीमो एउटा लौका २५ किलोका फलेको छ । धनगढी वसन्त टोलका लालितमान सोपको बारीमा यति ठूलो लौका फलेको हो ।
केही दिनदेखि जारी सुदूरपश्चिम महोत्सव अन्तर्गत कृषि प्रदर्शनी स्टलमा राखिएको यो लौका हेर्नेको भीड लाग्ने गरेको प्रदर्शनी कक्षका किसान बालकुमार रानामगरले बताए ।
स्थानीय जातको यो गोलो लौकाको बोटमा कम्पोष्ट मल प्रयोग गरिएको बताइएको छ । यति ठूलो लौका फलेको देख्दा आफूलाई अनौठौ लागेको लौका अवलोकन गरिरहेका स्थानीयवासी हरिश जोशीले बताए ।
महोत्सवस्थलमा प्रदर्शनका लागि ल्याइएको हिमालको चौरी गाई र मरुभूमिको उँट पनि अर्को आकर्षणको केन्द्र बनेको छ ।
चौरी गाई र उँट नदेखेकाले हेर्न आएको हुँ, अवलोकनमा भेटिएका हेमराज पनेरुले भने, “आफूहरुको लागि चौरी गाई र उँट अनौठो जन्तु लाग्यो ।”