दलाई लामाले मंगोलियाको भ्रमण गरेको कारण चीनले गर्यो नाकाबन्दी
मंसिर–२६ । चीनले मंगोलियासँगको सीमा नाकाबन्दी गरेको छ । चीनले पृथकताबादी मान्ने तिब्बती गुरु दलाइ लामाले मंगोलिया भ्रमण गरेको विरोधमा चीनले मंगोलियामाथि नाकाबन्दी गरेको विभिन्न अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
चीनको सीमा क्षेत्रबाट मंगोलिया जाने गान्ट मोड क्रशिङमा सयौँको संख्यामा मालबाहक ट्रकहरु रोकिएको बताइएको छ । नाकाबन्दीका कारण चिसो मौसममा सवारी चालकलाई समस्या अझ थप भएको जनाइएको छ ।
सन् १९९५ मा चीनबाट भागेपछि दलाइ लामा भारतमा बस्दै आएका छन् । त्यसपछि चीनले उनलाई अन्तराष्ट्रिय कुटनीतिक बहिस्कारको रणनीति अपनाएको छ ।
चीन
नाकाबन्दी
मंगोलिया