News

मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिने

मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिने
मंसिर–२६ । मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक नभएको भनेर आलोचना भइरहेको बेला आईतबार बसेको मन्त्रीपरिषद् बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको कार्यालयमा बसेको बैठकले सरकार गठन भएको ४ महिना पछि मन्त्रीहरुको विवरण सार्वजनिक गराउने निर्णय गरेको हो । सार्वजनिक पद धारण गरेका जो कोहीले नियुक्ति भएको ६० दिन भित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । त्यसै गरी सरकारले पुर्नवहालीको मागमा आन्दोलन गर्दै आएका शिक्षकहरुको माग सम्बोधन गर्न पूर्व न्यायाधिश गोविन्द पराजुलीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ समिति पनि गठन गरेको छ । सरकारले भुकम्पपछिको पुननिर्माणका लागि चीन सरकारले दिने करिब १५ अर्ब ८० करोड सहायता सम्बन्धि प्रस्ताव पनि स्वीकृत गरेको छ । यसका साथै मन्त्रीपरिषद् बैठकले सहसचिव डाक्टर सुरोज पोखरेललाई सचिवमा बढुवा पनि गरेको छ ।

मन्त्री सम्पत्ति विवरण

विशेष