आत्मघाती बम हमलामा १६ जनाको मृत्यु
मंसिर–२६ । सोमालियाको राजधानी मोगादिशुको समुन्द्र बन्दरगाहमा आईतबार विहानै भएको आत्मघाती ट्रक बम हमलामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
“हामीले घाइते ४८ जनालाई उद्धार गरेका छौं, अन्य १६ जनाको विस्फोटमा मृत्यु भइसकेको छ,” मोगादिशुको एम्बुलेन्स सेवाका निर्देशक अब्दीकादीर अब्दीराहमान अदेमले भने ।
मोगादिशुका स्थानीय बासिन्दाले बम विस्फोट भएपछि धुवाँको मुस्लो माथी आकाशमा देखिएको बताएका छन् ।
स्थानीय प्रशासनका एक जना प्रवक्ताले बिस्फोट भएको पुष्टी गर्दै झण्डै १० जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनले घटनाका बारेमा थप अनुसन्धान भईरहेको पनि बताएका छन् । अल कायदासँग आवद्ध साबाब आतङ्ककारी समूहले यस आक्रमणको जिम्मा लिएको छ ।
साबाब नाम विद्रोही सङगठनले केही समयदेखि सोमालिया सरकार, सुरक्षा फौज र आम नागरिकलाई लक्षित गरेर हिंसात्मक गतिविधिहरु गर्दै आईरहेका छन् । रासस÷एएफपी
आत्मघाती ट्रक बम हमला
साबाब
सोमालिया