नाकाबन्दीको पाठले चीनसँग जोडिदैछ नेपाल
मंसिर २७ । उत्तरी छिमेकी चीनसँग जोड्ने चार महत्वपूर्ण सडक दुई वर्षभित्रै बनाउने प्रतिवद्धता सरकारले गरेको छ । गल्छी–रसुवागढी, सीमकोट–हिल्सा, जोमसोम–कोरला र खाँदवारी–किमाथांका सडकमार्फत नेपाललाई चीनसँग जोड्ने गरी काम भइरहेको सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले बताए । उनका अनुशार गत वर्षको भारतीय नाकाबन्दीको पाठले नेपाललाई चीनसँग जोड्नै पर्ने बाध्यता बनाएको छ । राजनीतिक नेतृत्वले विगतको आवश्यकता र भोलिको सम्भावना नभुले चाँडै चीनसँग सडक सञ्जाल पुग्ने कार्कीले बताए । –अन्नपूर्ण पोस्ट्बाट