ताजा खबर राजनीति News

प्रचण्डलाई जन्मदिनमा रेखाको उपहार ‘सम्बन्ध बिच्छेदको सन्देश’

प्रचण्डलाई जन्मदिनमा रेखाको उपहार ‘सम्बन्ध बिच्छेदको सन्देश’

प्रचण्ड आइतबार बिहान टिटी खेल्ने तयारीमा थिए । परिवारका सदस्य र उच्च राजनीतिक नेतृत्वलाई मात्र उपलब्ध उनको अति गोप्य मोबाइबल नम्बरको घण्टी बज्यो । नातिनीले फोन गरेकी थिइन् । ‘यति बिहानै ? के भयो हँ ?’ प्रचण्डको मन चस्स भयो । हतारमा फोन उठाए । ‘ह्यापी बर्थडे बाबा ।’ नातिनीले शुभकामना दिइन् । आफ्नै जन्मदिनका बारेमा बेखबर प्रचण्डको मुहारमा एकाएक खुशी छायो । उनलाई दिनभर जन्मदिनको शुभकामना आइरह्यो । प्रधानमन्त्री कार्यालयमा उनका लागि सरप्राइज केक तयार थियो । रेखा थापाको सन्देशपनि प्रचण्डलाई पुर्याइयो । ‘बर्थ डेको सन्देश होला ।’ प्रचण्डले सहजै अनुमान गरे । तर, सन्देश राजनीतिक सम्बन्ध विच्छेदको थियो ।

हकी स्वभावकी रेखालाई प्रचण्डले उच्च महत्व दिएका थिए । प्रचण्डसँग सहज पहुँच हुने व्यक्तिमा पर्थिन रेखा थापा । रेखा थापालाई पार्टी प्रवेश गराउँदै गर्दा प्रचण्डले भनेका थिए, ‘सहिद क्याप्टेन यज्ञबहादुर थापाको रगत हुन् रेखा । क्रान्तिकारी स्वभाव छ । माओवादी रेखालाई पाउँदा खुशी छ ।’ हुनपनि रेखा थापा र नेतृ उर्मिला अर्याल एकैदिन माओवादीमा प्रवेश गरेका थिए । मन्त्री भइसकेकी एमाले नेतृ उर्मिला माओवादीमा प्रवेश गर्नु राजनीतिकरुपमा ठूलो अर्थ राख्ने विषय थियो । तर, चर्चा उनको भन्दा रेखा थापाको बढी भयो ।

बिद्रोही नेता प्रचण्ड प्रधानमन्त्री भएको नौ महिनामै सिंहदरबारबाट विस्तापित भएका थिए २०६६ सालमा । बिद्रोही पार्टीको नेतृत्व गर्ने, संविधानसभामा सबैभन्दा ठूलो पार्टी बनाउने र जनताको सर्वोच्वताका लागि भन्दै प्रधानमन्त्रीबाट राजीनामा गर्ने प्रचण्ड ओझ बेग्लै थियो । सेनापति प्रकरणमा राजीनामा गरेपछि माओवादीले आन्दोलनमा भएभरको बल लगायो । प्रचण्ड स्वंय सडकमा निस्के । सोही मेसोमा सिंहदरबार अगाडि रेखाले प्रचण्डलाई नचाएकी थिइन् । प्रचण्ड र रेखाको चर्चा त्यसयता बारम्बार भइरहन्छ ।

प्रचण्डको जन्म दिनकै दिन रेखा थापाले माओवादी त्याग्न लागेको सामाचार सार्वजनिक भयो । प्रचण्डका लागि रेखाले ‘राजनीतिक सम्बन्ध विच्छेद’ को उपहार पठाइन् ।

रेखा थापा माओवादीबाट बाहिरिदा माओवादीलाई राजनीतिकरुपमा त्यति क्षति हुँदैन तर मनोवैज्ञानिकरुपमा यसले खाश अर्थ राख्छ । संगठनमा कुनै पकड नभएपनि रेखाको आवागमन र बर्हिगमन बहुचर्चाको विषय हुन्छ । प्रचण्ड प्रधानमन्त्री भएकै बेला रेखा माओवादी परित्याग गर्दैछिन् । ३ बर्ष अघि क्रान्तिकारी शक्ति माओवादीको टिका लगाउन पाउँदा गर्व लागेको बताउने रेखा ३ बर्षपछि माओवादीप्रति वितृष्णा व्यक्त गर्दैछिन् । परिवर्तनको संवाहक शक्तिका रुपमा माओवादीलाई अर्थाउँदै पेरिसडाँडामा रातो टिका लगाएकी रेखाका लागि प्रचण्डभन्दा कमल थापा उपयुक्त दरिएका छन् ।

Prachanda Puspakamal Dahal rekha thapa

विशेष