ताजा खबर राजनीति News

माओवादीका दुई मन्त्रीबिच बोलचालै बन्द

माओवादीका दुई मन्त्रीबिच बोलचालै बन्द

मंसिर २७ । कृषिमन्त्री गौरीशंकर चौधरी र राज्यमन्त्री राधिका तामाङबीचमा बोलचाल नै बन्द भएको छ । मन्त्रीको तजविजीमा बाहेक राज्यमन्त्रीलाई स्वतन्त्रतापूर्वक काम गर्ने अधिकार छैन । मन्त्रालयका कर्मचारी स्रोतका अनुसार , मन्त्री चौधरीभन्दा राज्यमन्त्री तामाङ सक्षम छिन् र केही गरौ भन्ने भावना राख्छिन् ।

तर, मन्त्री चौधरीले राज्यमन्त्रीसँग कुनै समन्वय राख्दैनन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहालका अघोषित स्वकीय सचिवको भूमिकामा रहेका वर्षमान पून र राज्यमन्त्री सरहको सुविधामा प्रशासनिक सल्लाहकारको जागिर खाएका नारायण दाहालको योजनामात्र ‘माथि’को निर्देशन भन्दै काम गर्छन ।

मन्त्रीको असक्षमता र कामकारबाहीबाट वाक्कदिक्क राज्यमन्त्री तामाङ आफ्नो पदबाट राजिनामा दिने मानसिकतामा पुगेको माओवादी केन्द्र निकट स्रोतले बतायो ।

साँघु साप्ताहिक

gaurishankar chaudhary

विशेष