News

छात्रावास बनाउन जुटे दलित अगुवाहरु

छात्रावास बनाउन जुटे दलित अगुवाहरु
मंसिर २७ । दलित विद्यार्थीका लागि सप्तरी जिल्लामै पहिलोपटक छात्रावास निर्माण गर्न दलित समुदायका अगुवा जुटेका छन् । दलित भएकै कारण सदरमुकाम राजविराजमा दलित विद्यार्थीले कोठा भाडा नपाउने र पाए पनि महँगो मूल्य तिर्न बाध्य हुनुपरेकाले तिनका लागि छात्रावास निर्माण गर्न जिल्लाका दलित अगुवा जुटेका हुन् । सप्तरी क्षेत्र नं ३ का सांसद उमेशकुमार यादवको पहलमा दलित समुदायको सक्रियतामा इटहरी विष्णुपुर गाविस–९ स्थित रञ्जीतपुरमा पाँच कट्ठा जग्गामा निर्माण हुन लागेको उक्त छात्रावास स्थानीय पूर्व शिक्षक देवनारायण यादवले शिलान्यास गरे । सांसद यादवको संसदीय विकास कोष, अन्य स्रोत तथा जनश्रमदानबाट करिब रु ३० लाखको लागतमा निर्माण गरिएको पाँचकोठे भवन एकै वर्षमा पूरा गरिने निर्माण समितिका अध्यक्ष किसुनदेव रामले जानकारी दिए । सप्तरीमा कुल जनसंख्याको करिब २८ प्रतिशत अर्थात् एक लाख ७८ हजार ९०० जनसंख्या दलित समुदाय भएको अनुमान छ सबैभन्दा बढी दलित समुदायको बसोबास सप्तरीमा भए पनि अहिलेसम्म दलित विद्यार्थीका लागि छुट्टै छात्रावासको अभावमा बालबालिकाले समस्या भोग्नु परेकाले आफूहरु छात्रावास निर्माणमा जुटेको नेपाल दलित कर्मचारी मिलन केन्द्रका अध्यक्ष सुकदेव रामले बताए ।

Dalit

विशेष