News स्वास्थ्य

स्वास्थ्यमन्त्रीबाट सामुदायिक अस्पताल उद्घाटन

स्वास्थ्यमन्त्रीबाट सामुदायिक अस्पताल उद्घाटन
मंसिर २७ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले सोमबार एक कार्यक्रमबीच बज्रवाराही नगरपालिका–१० स्थित चापागाउँमा बज्रवाराही सामुदायिक अस्पताल उद्घाटन गरेका छन् । साविक रुपमा सञ्चालन हुँदै आएको बज्रवाराही प्राथमिक स्वास्थ्य सेवा तथा स्रोत केन्द्रलाई रुपान्तरण गरेर सामुदायिक अस्पतालमा परिणत गरिएको हो । सो अवसरमा मन्त्री थापाले सामुदायिक अस्पताललाई जिल्ला अस्पतालका रुपमा लैजान सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । अस्पताललाई आवश्यक पर्ने उपकरणका लागि उचित बजेटको व्यवस्था गर्नेसमेत उहाँको भनाइ थियो । उहाँले अस्पताललाई आवश्यक पर्ने नयाँ भवनको समेत शिलान्यास गरे । नयाँ भवन निर्माणका लागि इमान्जुलियस लुथर्न चर्च अमेरिकाले रु एक करोड २६ लाख ७५ हजार सहयोग गरेको अस्पतालका डा कृष्णमान महर्जनले बताए । अस्तालमा २५ श्यया क्षमता भएको उनले बताए । प्राप्त रकमले हाल अस्पताल सञ्चालनमा रहेको भवनको माथिल्लो तला थप र नयाँ एकतले भवन निर्माण हुने उनले बताए । सो अवसरमा राजनीतिक दलका तर्फबाट स्वास्थ्यमन्त्री गगनकुमार थापालाईसोही स्थानमा जिल्ला अस्पताल स्थापनाका लागि ज्ञापनपत्र बुझाएको नेपाली काँग्रेस बज्रवाराही नगर कार्यसमितिका सभापति सुरज श्रेष्ठले बताए ।

Gagan Thapa

विशेष