विदेश

सिरियाली सैनिकद्धारा दक्षिणपूर्वी अलेप्पोको प्रमुख भागहरु कब्जा

सिरियाली सैनिकद्धारा दक्षिणपूर्वी अलेप्पोको प्रमुख भागहरु कब्जा
मंसिर–२७ । सिरियाली सैनिकले अलेप्पोको दक्षिणपूर्वी प्रमुख जिल्लाहरु सोमबार कब्जामा लिएको छ । एक समयमा विद्रोहीको नियन्त्रणमा ९० प्रतिशत रहेको सो क्षेत्रहरु सिरियाली सैनिकले नियन्त्रणमा लिएको मानव अधिकारी समूहले जानकारी दिएको छ । ‘सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका अनुसार सिरियाली राष्ट्रपति समर्थक सुरक्षाबलले शेख सेएद जिल्ला कब्जा गरेका हुन । हिजो अपरान्ह्बाट सुरक्षाबल र विद्रोहीबीच जारी भीषण झडपपछि सो जिल्ला कब्जामा लिएको हो । सिरियाली सरकारी बलले हाल सो इलाका ९० प्रतिशत नियन्त्रणमा लिएको छ । एक समय विद्रोहीको नियन्त्रणमा भएको अलेप्पोको सो इलाकाहरु नियन्त्रणमा लिएको बताइएको छ । सिरियाको दोस्रो ठूलो सहर अलेप्पो सन् २०१२ बाट पश्चिमी भाग सरकारको नियन्त्रणमा र पूर्वी भाग विद्रोहीको नियन्त्रणमा विभाजन भएको थियो । गत एक महिना भन्दा पनि कम समययता प्राय विद्रोहीको नियन्त्रणमा रहेको सो सहरमा सिरियाली सैनिकले भीषण कारबाही सुरु गरेको थियो । अझै पनि विपक्षीको नियन्त्रणमा रहेको अलेप्पोका जिल्लाहरुमा गएराति र सोमबार विहान सवेरैबाट हवाई आक्रमण सुरु भएको बेलयातसँग आवद्ध अब्जरभेटरीले जानकारी दिएको छ । गत नोभेम्बर १३ बाट पूर्वी अलेप्पोमा सुरु भएको भीषण आक्रमणमा कम्तीमा ४१३ सर्वसाधारणको मृत्यु भएको. अब्जरभेटरीले जानकारी दिएको छ । त्यसैगरी अलेप्पोको पश्चिम भागमा विद्रोहीले गरेको रकेट आक्रमणमा कम्तीमा १३९ व्यक्तिको मृत्यु भएको छ । सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । यस गृहयुद्धमा इस्लामिक स्टेट र अल कायदाजस्ता आतङ्ककारी समूह पनि हाबी हुँदै गए । यस युद्धमा परी सन् २०११ देखि हालसम्म तीन लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको र दशौँ लाख व्यक्ति घाइते भएका छन् । त्यसैगरी देशभित्र र छिमेकी देशमा लाखौँ व्यक्तिले शरणार्थी जीवन बिताउन बाध्य भएका छन् । रासस÷एएफपी

अलेप्पो सिरिया

विशेष