सिरिया द्वन्द्व विषयमा रसियाले झुट बोलेको फ्रान्सको आरोप

मंसिर–२७ । सिरियामा जारी द्वन्द्व समाधान सम्बन्धमा रसियाले सिरियाली राष्ट्रपति बसर अल असदलाई आतङ्कवादविरोधी अभियानमा सघाएको बताए पनि वास्तवमा आतङ्कवादी गतिविधि नियन्त्रणमा रसियाली कारबाही केन्द्रित नभएको फ्रान्सले बताएको छ ।
सोमबार युरोपेली युनियनका विदेशमन्त्रीहरुको नियमित भेटघाटका क्रममा ब्रसेल्समा बोल्दै फ्रान्सका विदेशमन्त्री जाँ मार्क आयरुल्टले भने, सिरियाद्वन्द्व अन्त्य गर्ने सम्बन्धमा गत हप्ताको अन्त्यतिर अमेरिकी तथा रसियाली अधिकारीबीच भएको वार्ता सफल नहुनुमा रसियाको दोहोरो भूमिकाका साथै लगातारको झुटो आश्वासन जिम्मेवार छ ।
एकातिर रसियाली अधिकारी वार्ता गरौँ र युद्धबिराम गर्न सिरियालाई दबाब सिर्जना गरौँ भन्छन्, अर्कोतिर सिरियामा असदको सत्ता टिकाइराख्न र विद्रोहीलाई सखाप पार्न सैनिक सहयोग दिँदै आएको छ, आयरुल्टले थपे ।
रसियाको धेरै प्रयास अलेप्पो सहर नियन्त्रणमा लिनु रहेको भएको बताउँदै उनले भने, मस्कोको वास्तविक प्राथमिकता नै यही हो जसका कारण करिब तीन लाख सिरियालीले ज्यान गुमाउनु पर्यो । रासस÷एएफपी
सिरिया