अपराध सुरक्षा News

सिडियो र एसपीसँग कुम जोडर एउटै मञ्चमा बसेका ‘मोस्ट वान्टेड’ ले ठोके भाषण

सिडियो र एसपीसँग कुम जोडर एउटै मञ्चमा बसेका ‘मोस्ट वान्टेड’ ले ठोके भाषण

मंसिर २८ । प्रहरीको खोजीको सूचीमा रहेका अभियुक्त निसिमअहमद खाँले जिल्ला सुरक्षा अधिकारीसँग एउटै मञ्चमा एक घण्टा विताए । प्रजिअ र एसपीले त्यसको चालै पाएनन । केही दिन अघि हाजिर भएकाले कुनै सहभागीले खाँलाई पक्राउ गर्न सक्ने भन्दै एसएमएस पठाए । यसपछि उनी माइक खोसेरै आफूलाई बचाउन भाषा गरेर त्यहाँबाट कुलेलम ठोके । जिल्लाको पिपरा गाविसलाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रममा यस्तो भएको हो ।

कार्यक्रममा प्रजिअ विष्णुप्रसाद ढकाल, एसपी भोजजंग शाह, शसस्त्रका एसपी सुदेशकुमार गुरुङ, सभासद अतहर कमाल र पूर्वमन्त्री दानबहादुर चौधरीलगाएत सहभागी थिए । अदालतले जेल सजाय र जरिवाना तोकेका खाँ पनि कार्यक्रममा आए एमालेका तर्फबाट आसन ग्रहण गरे । माला लगाएर रमाए । उनले एमालेका तर्फबाट आसन ग्रहण गर्दा सभासद कमाल र पूर्वमन्त्री चौधरी अचम्ममा परेका थिए ।

कान्तिपूर दैनिक

Most Wanted

विशेष