दक्षिण भारतमा भीषण आँधी
मंसिर २८ । भीषण आँधी ‘वरदा’बाट दक्षिण भारतका विभिन्न क्षेत्र प्रभावित भएका छन् भने २ जनाको ज्यान गएको छ । तामीलनाडु, आन्ध्र प्रदेश जस्ता क्षेत्रमा जनजीवन अस्तव्यस्त भएको छ ।
आन्ध्र प्रदेश र तामिलनाडु राज्यमा उक्त आँधीबाट बचाउन स्थल, जल र हवाई सेना परिचालन गरिएको छ । करिब १६ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चेन्नई विमानस्थल बन्द गरिएको छ । प्रतिघण्टा १ सय ३० किलोमिटर देखि १ सय ४० किलोमिटरको गतिको रहेको बताइएको छ ।
आँधीका कारण सोमबार त्यहाँको सरकारले सार्वजनिक विदा दिएको छ भने मानिसहरुलाई घर बाहिर ननिस्कन भनिएको छ । चारदिन सम्म माझिहरुलाई समुन्द्रको किनारमा नजान भनिएको छ ।
India Tamilnadu