ताजा खबर राजनीति News

विवाद मिलाउन तीनदल आमने सामने हुँदै

विवाद मिलाउन तीनदल आमने सामने हुँदै

मंसिर २८ । गतिरोध अन्त्यका लागि प्रमुख तीनदल छलफलमा जुटेका छन् । सत्तामपक्षमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस र प्रतिपक्षमा रहेको एमालेका शीर्ष नेताहरु एकै ठाउँमा बसेर मध्यमार्गी बाटो खोज्ने प्रयासमा रहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा बालुवाटारमा बस्ने बैठकमा संसोधन प्रस्ताव टुङ्गो लगाएर समाधानका लागी मध्यमार्गी बाटो खोज्ने विषयमा छलफल सुरु हुनेछ ।

प्रमुख प्रतिपक्ष दल एमालेले संशोधन प्रस्ताव स्थगन गरेर चुनावको मिति घोषणा गर्नुपर्ने माग गरेको छ । मधेसी मोर्चाले चाहेको संसोधन पुरा हुने र चुनावको वाताबरण पनि बन्ने गरि सहमतिको उपाय खोजीने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बिहान ९ बजे बोलाइएको छ

tin dal

विशेष