सिरियाली सेनाको कारबाहीमा ५० को ज्यान गयो

मंसिर २८ । सिरियाको पल्माइरा शहरमा सिरियाली सेनाले गरेको हवाई आक्रमण र विषालु ग्यास हमलाका कारण ५० जना मारिएका छन् ।
इस्लामिक अतिवादी समूह आईएसले पल्माइरामा पुनः कब्जा जमाएपछि सरकारी सेनाले उक्त क्षेमा हमला गरेको हो ।
सेनाको आक्रमणपछि पल्माइरा नजिकको हामा शहरमा ५० जना आइएस कार्यकर्ताको शव फेला परेको सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको छ ।
गत मार्चमा रुसी र सिरियाली सेनाले कारबाही गरेपछि आईएसका कार्यकर्ता पल्माइरा शहर छाडेर गएका थिए । तर केही दिनअघि पुनः उनीहरु आएर पल्माइरालाई कब्जामा लिएका हुन् । सिरियाको ऐतिहासिक शहर पल्माइराका अधिकांश धरोहर आईएसले नष्ट गरेको थियो ।
Siriya