ताजा खबर News समाज

कस्ता पापी घर मालिक कुकुरलाई र आफ्ना कामदारलाई समान खाना दिन्छन्

कस्ता पापी घर मालिक कुकुरलाई र आफ्ना कामदारलाई समान खाना दिन्छन्

मंसिर । घरेलु श्रमिकका रुपमा काम गर्दै आएकी काभ्रेपलाञ्चोककी सुनमाया तामाङले पुल्चोकको एउटा घरमा काम गर्दा दैनिक कुकुरलाई पकाएको खाना खाने गरेकी छन् ।

घरबेटीलाई महँगो चामलको भात आफैँ पकाइदिएर उनि कुकुरलाई पकाएको खाना खाने गर्छिन । खाजामा एकसाताको बासी र गन्हाउने खाना खान बाध्य छन् ।

त्यस घरमा उहाँले घरबेटीले प्रयोग गर्न छाडेको पुराना भाँडामा भ¥याङमा बसेर खाने गर्थिन । घरबेटीकै व्यवहारका कारण उनले त्यो घरमा काम गर्न छाडिन । अरू घरमा पनि घरबेटीको व्यवहार सम्मानजनक नभएको उनको गुनासो छ ।

बूढानीलकण्ठमा घरमा काम गर्दै आएकी अस्मिता खत्री पनि बिहान पाकेको बेलुका वा बेलुकाको खाना बिहान खान्छुभन्दा समेत नपाएको बताउछिन् । “कुकुरले खाने खानाभन्दा बरु हामीलाई बासी खाना दिए हुन्थ्यो ।” पहिले मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका उनिहरु त्योभन्दा सहज हुने सम्झेर घरेलु श्रमिकका रुपमा काम थालेका थिए ।

काम गर्ने घरमा बिरामी हुँदासमेत बिदा नपाएको उनिहरुको गुनासो छ । बिमारी पर्दा हामीले स्याहार गर्नुपर्छ, तर हामी बिरामी भएको भन्दा काम गर्न ठगेको भन्ने गर्छन् ।” घरको काम गर्दा कामको समस्या नभए पनि घरबेटीको दुव्र्यवहारका कारण काममा टिक्न गाह्रो भएको छ । बढ्दो सहरीकरणसँगै अरूका घरमा ज्याला लिएर काम गर्ने घरेलु श्रमिकको सङ्ख्या बढे पनि यो पेसा मर्यादित बन्न सकेको छैन । अशिक्षित र ग्रामीण क्षेत्रबाट आएका यो पेसामा संलग्न छन् । अरू काम नपाएपछि घरको काम गर्ने धेरै छन् । कतिपयले भने मजदुरीभन्दा यो काम शारीरिक रुपमा सहज ठान्छन् । तर ज्याला अति कम र घरबेटीबाट पटक–पटक हुने दुव्र्यवहारका कारण घरेलु श्रमिकलाई टिक्न गाह्रो परेको छ ।

काभ्रेकै तीर्थमाया तामाङ दैनिक बासी र गन्हाउने खाना खान बाध्य हुनुहुन्छ । बिहान ९ देखि साँझ ५ बजेसम्म काम गर्ने सहमति भएपनि घरबेटीले त्योभन्दा धेरै समय काम लगाउने गरेको उनले बताइन । तोकिएभन्दा बढी काम गर्दा पनि दैनिक रुखो व्यवहारले गर्दा टिक्न नसकेको उनको गुनासो छ । “पढे–लेखेका मान्छे नै झनै नराम्रो व्यवहार गर्छन् ।”

दुई वर्षीया छोरी च्यापेर अरूका घरमा काम गर्दा नुवाकोटकी माया श्रेष्ठले एक महिनामा जम्मा दुई हजार कमाउछिन् । घरधनीले गर्ने व्यवहार नराम्रो भए पनि काम गर्नु आफ्नो बाध्यता भएको उनी बताउंछ् । घरेलु श्रमिकका रुपमा काम गर्दै आएका उनिहरुको पेसा सम्मानजनक नभएको र पारिश्रमिक कम भएको गुनासो गरेकी छन् ।

घरेलु श्रमिकका क्षेत्रमा कार्यरत सङ्घ–संस्थाले वर्षौंदेखि सम्मानजनक तलव र व्यवहारको माग गरेपनि लागू भएको छैन । अरू श्रमिक जस्तै उनीहरुले पनि आठ घन्टा काम, साप्ताहिक बिदा, न्यूनतम तलबको सुनिश्चितताको माग गरिरहेका छन् ।

श्रमिकका सङ्गठनले आठहजार तलब तोक्न भनेपनि श्रमिक त्योभन्दा आधामा काम गर्छन् । घरेलु श्रमिक मञ्चकी सचिव गोमा भण्डारीले अधिकार मागेर नपाए खोसेर लिनुपर्ने बताउछिन् । “हामी कमजोर भएर होइन बलियो भएर लाग्नुपर्ने खाँचो छ ।”

Dog Food Home

विशेष