News

ज्यापु दिवसमा अध्यक्ष ओलीको शुभकामना

ज्यापु दिवसमा अध्यक्ष ओलीको शुभकामना
मंसिर २८ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय ज्यापु दिवसका उपलक्ष्यमा शुभकामना दिँदै सांस्कृतिक र प्राकृतिक विविधताका कारण नेपाल विश्व मानचित्रमा एउटा वेग्लै पहिचानका साथ अंकित भएको बताएका छन् । ज्यापु संस्कृतिको महत्वपूर्ण मौलिक चाड योमरी पुन्हिका दिन ज्यापु दिवस मनाइने चलनअनुसार यस वर्षको १३ औं राष्ट्रिय ज्यापु दिवसमा शुभकामना दिँदै उहाँले नेपाली संस्कृतिको प्रतिनिधिको रुपमा नेवारी संस्कृतिलाई पनि मान्ने गरिएको र नेवारी संस्कृति मूलरुपमा ज्यापु संस्कृति नै हो भनेका छन् । ‘काठमाडौँ उपत्यका सांस्कृतिक विविधताले भरिपूर्ण छ । यहाँका संस्कृति, खासगरी नेवारी संस्कृति हाम्रो मौलिक संस्कृति पनि हो । हाम्रा संस्कृति, चाडपर्व र परम्पराको हामीले नै संरक्षण र प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने ।

KP Oli

विशेष