News

कठ्यांग्रिएर मृत्यु

कठ्यांग्रिएर मृत्यु
मंसिर २८। पूर्वी तराई–मधेसमा अत्यधिक रुपमा बढेको शीतलहर एवम् बाक्लो हुस्सुका कारण जाडोले कठ्यांग्रिएर सप्तरीको गोबरगढामा गए राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी, हनुमाननगर योगिनीमाई नगरपालिका–८ गोबरगढा निवासी १३ वर्षीया वन्दनाकुमारी मुखिया रहेकाको प्रहरीले जनाएको छ । बढ्दै गएको चिसोले न्यानो कपडाको अभावमा राति सुतेको अवस्थामा ओछ्यानमै उनको मृत्यु भएको बताइएको छ । केही दिनयतादेखि बढेको बाक्लो हुस्सुका कारण सप्तरीसहित तराईका जिल्लाको जनजीवन थप कष्टकर बन्दै गएको छ ।

terai ko chiso

विशेष