News

लक्ष्मी परियार घटनाको सूक्ष्म अनुसन्धान

लक्ष्मी परियार घटनाको सूक्ष्म अनुसन्धान
मंसिर २८ । काभ्रेपलाञ्चोकको सानोबाङ्थली गाविस– ७ मा भएको लक्ष्मी परियारको मृत्यु प्रकरणबारे बुझ्न अधिकारवादीको टोली घटनास्थल जाने क्रम आज पनि जारी छ । दुर्गम क्षेत्र मानिने सो गाविसमा उनको मृत्युबारे विभिन्न विषय सार्वजनिक भएपछि राष्ट्रिय दलित आयोगदेखि मानअधिकारवादीको टोली घटनास्थल जाने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । उनका अनुसार समता फाउन्डेसनबाट गोपाल नेपाली, एसिया मानवअधिकार आयोगबाट शिवहरि ज्ञवालीलगायतका दुई टोली मंगलबार सानोबाङ्थली पुगेका छन् । उनीहरुले पीडितका आफन्त र स्थानीय बासिन्दासँग भेटघाट गरी जानकारी लिनेछन् । यसअघि सोमबार मात्रै मानवअधिकारको टोली घटनास्थल पुगेर फर्केको छ । खासगरी उनलाई मलमूत्र खुवाएको हो वा होइन भन्ने विषय विवादास्पद बनेको छ । मृतकका छोरा मिलनले मलमूत्र खुवाएको आरोप लगाएका छन् भने प्रहरीले मलमूत्र खुवाएको विषय अस्वीकार गर्दै आएको छ । सो घटनामा संलग्न चार अभियुक्तलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ । प्रजिअ शिव सिंखडाले शव परीक्षण प्रतिवेदन आएपछि मृत्युको कारण खुल्ने जानकारी दिँदै घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताए ।

laxshmi pariyar

विशेष