विदेश News

‘राष्ट्रसंघको सुधार गरी प्रभावकारिता बढाउँछु’ — महासचिव गुटेरेश

‘राष्ट्रसंघको सुधार गरी प्रभावकारिता बढाउँछु’ — महासचिव गुटेरेश
मंसिर २८ । संयुक्त राष्टसंघका नवनियुक्त महासचिव एन्टोनियो गुटेरेशले आफू संयुक्त राष्ट्रसंघको सुधारका लागि लाग्ने बताएका छन् । विश्वमा शान्तिको स्थापना, विकासका क्रियाकलापहरुको प्रवर्धनका साथै जलवायु परिवर्तनको असरबाट विश्व समुदायलाई बचाउनका लागि संयुक्त राष्ट्रसंघको सुधार गरी यसलाई एक सशक्त संगठन बनाउनेतर्फ आपूm लाग्ने प्रतिबद्धता उनले व्यक्त गरेका हुन् । सोमबार बिहान राष्ट्रसंघीय महासचिव पदको सपथ ग्रहणगर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । गत महिना नियुक्त भएका महासचिव गुटेरेशले सोमबार सपथ लिएका हुन् । उनको पाँचवर्षे कार्यकाल आगामी जनवरी १ देखि सुरु हँुदैछ । राष्ट्रसंघीय मुख्यालयमा एक भव्य समारोहबीच उनलाई सपथ गराइएको हो । त्यस अवसरमा उनले विश्वमा देखापरिरेहका नयाँ नयाँ चुनौतीहरुको समाधानका साथै नयाँ सम्भावनाहरुको खोजी र समस्या समाधानका लागि राष्ट्रसंघले नयाँ ढंगले काम गर्नुपर्नेमा धारणा राखे । यस संघका अघि हाल देखा परिरहेका खास समस्या भनेको न्युनतम रुपमा पनि द्धन्द्धको समाधान गर्न नसक्नु र विश्वमा प्रतिदिन विभिन्न खालका संकटको जन्म हुने र तिनको समाधानमा प्रभावकारिता नहुनु भएको बताए । सपथग्रहण पछि विश्वका १९३ देश सदस्य रहेको राष्ट्रसंघको साधारण सभालाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेको विश्वले शक्तिशाली संयुक्त राष्टसंघ खोजेको छ र यसका माध्यमबाट विश्वले द्धन्द्ध र संकटको समाधान खोजेको छ ।’ उनले संयुक्त राष्ट्रसंघको जन्म विश्वमा जारी रहेको युद्धबाट भएपनि हाम्रो अहम भूमिका भनेको शान्तिको स्थापना नै हो भन्दै यस प्राथमिकतालाई आफ्नो कार्यकालमा अघि सार्ने पनि बताए । हाल विश्वमा जस्तै सिरिया, यमन र यमनमा निकै संकटपूर्ण अवस्था छ भने यस्तो अवस्था रहेका देशहरु अरु पनि छन् । त्यसैगरी निकै लामो समयदेखि आन्तरिक रुपमा द्धन्द्धमा फसेका पनि कैयौं देशहरु छन् । यस्तो अवस्थामा हाम्रो तर्फबाट थप अग्रसरता र भूमिका चाहिने उनले बताए । उनले राष्टसंघको अहिलेको ढाँचा र प्रयासहरुम व्यापक मात्रामा सुधार आवश्यक रहेको र हाम्रो तर्फबाट थप प्रभावकारी मध्यस्थता र सिर्जनात्मक कूटनीतिको खाँचो रहेको धारणा राखे । उनी संयुक्त राष्ट्रसंघको नवौँ महासचिव पदका लागि गत अक्टोबर १३ मा नियुक्त भएका हुन् । उनले यस पदको सपथ लिइरहँदा विश्वका कैयौं देशमा हिंसा रोकिएको छैन । साथै संसारमा हिंसाका नयाँ नयाँ रुपहरु पनि जन्मिरहेका छन् । यस्तो अवस्थामा विश्वको नै एक छाता र शक्तिशाली संगठनका रुपमा रहेको संयुक्त राष्ट्रसंघको भूमिका थप प्रभावकारिताको खोजी संसारले नै गरिरहेको छ । बिगतमा यसको भूमिका त्यति प्रभावकारी नरहेको आलोचना पनि भएको थियो ।

विशेष