News

निर्वाचनमा केन्द्रित भएर अघि बढ्न तीन दल तयार

निर्वाचनमा केन्द्रित भएर अघि बढ्न तीन दल तयार
मंसिर – २८ । निर्वाचनमा केन्द्रित भएर अघि बढ्न तीन दल तयार देखिएका छन् । तीन दलका शीर्ष नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकमा निर्वाचनमा केन्द्रित भएर अघि वढ्दे सहमती भएको हो । बैठकमा संविधान संशोधन, निर्वाचनलगायत विषयमा सकारात्मक छलफल भएको बताइन्छ । संशोधनमा अल्झिनुभन्दा निर्वाचनमा जानु उपयुक्त हुनेमा एमाले अध्यक्ष ओलीले जोड दिएका थिए । ओलीले संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने बताएका थिए । दलहरुबीच छिट्टै अर्को बैठक बसी विद्यमान राजनीतिक समस्याबारे समाधान खोज्ने सहमति भएको बैठकपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संचारकर्मीहरुसँग बताए । उनले संविधान संशोधन प्रस्ताव अहिले फिर्ता नहुने स्पष्ट पारे । नेकपा ओलीले मुलुकलाई निर्वाचनतर्फ केन्द्रित गराउने र निर्वाचनसम्बन्धी कानुनको तर्जुमा लगायत विषयमा गम्भीर छलफल भएको प्रतिक्रिया दिए ।

केपी शर्मा ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’ शेरबहादुर देउवा

विशेष