राजनीति News

विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने आठ दलकाे निर्णय

विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने आठ दलकाे निर्णय
मंसिर - २८ । संविधान संशोधन विधेयकको विपक्षमा मत राख्ने नेकपा (एमाले)सहित आठ दलको संयुक्त बैठकले संविधान संशोधनको विधेयक फिर्ता नलिएसम्म संसद् नखोल्ने र आन्दोलन अझ सशक्त बनाउने निर्णय गरेको छ । सिंहदरबारस्थित नेकपा (एमाले)को संसदीय दलको कार्यालयमा मंगलबार बसेको आठ दलको बैठकका बारेमा जानकारी दिँदै नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले सरकारले संविधान संशोधनको विधेयक फिर्ता नलिएसम्म विरोधका कार्यक्रमलाई सशक्त र प्रभावकारी बनाउने निर्णय भएको बताए। उनलेसरकारले विधेयक फिर्ता लिएको खण्डमा जुनसुकै सहयोग पनि गर्न तयार रहेको बारेमा छलफल भएको जानकारी दिए । संविधान संशोधनको विधेयकमाथि विपक्षी दल मात्र नभएर सत्ता साझेदार दलका नेताहरुमा समेत असहमति देखिएको हुँदा सो विधेयक फिर्ता लिनुपर्ने विषयमा छलफल भएको थियो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव गलत भएको र सरकारले सो विधेयक फिर्ता लिनुको विकल्प नभएको बताए । सो विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी रहने भन्दै उनले थपे – “संविधाने संशोधन ५ नं क्षेत्रका जनता र संसद्ले चाहेका छैनन्, सरकारले नदुखेको कपाल डोरी लगाएर दुखाइरहेको छ ।” बैठकमा नेकपा (एमाले) नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपाल परिवार दल, नेपाः पार्टी, जनमुक्ति लोकतान्त्रिक पार्टी, मधेसी समता पार्टी गरी आठ दलका नेताहरु सहभागी थिए । रासस

संविधान संशोधन संविधान संशोधन विधेयक

विशेष