विदेश

स्पेनका प्रधानमन्त्री र ट्रम्पबीच फोनवार्ता

स्पेनका प्रधानमन्त्री र ट्रम्पबीच फोनवार्ता
मंसिर - २८ । स्पेनका प्रधानमन्त्री मारियानो रजोइले अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सोमबार फोनवार्ता गरेका छन् । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको ३४ दिनपछि उनीहरुका बीचमा कुराकानी भएको हो । ट्रम्पले फोन गरेपछि स्पेनका प्रधानमन्त्री रखोइले आफूले ट्रम्पलाई निर्वाचित भएदेखि कुराकानी गर्न खोजीरहेको बताएकाे स्पेनका सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरुकाबीचमा भएको फोनवार्ताका क्रममा दुई देशको सुरक्षा, युरोपियन युनियनबाट बेलायत बाहिरिएपछिको असर, दिगो आर्थिक विकास लगायतका विषयमा कुराकानी भएको छ । प्रधानमन्त्री रजोइले फोनवार्तापछि ट्विट गर्दै स्पेनका जनताप्रति अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रमले गहिरो आत्मीयता प्रकट गरेकाे उल्लेख छ । प्रधानमन्त्री रजोइको संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकमा भाग लिन यही डिसेम्बर १९ तारिखका दिन न्युयोर्क जाने कार्यक्रम छ ।तर सो अवसरमा रजोइ र ट्रम्पकाबीचमा भेटवार्ता गर्ने कुनै कार्यक्रम भने नरहेको स्पेन सरकारले स्पष्ट पारेको छ । सिन्ह्वा

डोनाल्ड ट्रम्प मारियानो रजोइ

विशेष