ताजा खबर विदेश News

पुटीनका साथी अमेरिकी विदेश मन्त्री !

पुटीनका साथी अमेरिकी विदेश मन्त्री !
मंसिर २९।   अमेरिकामा राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले विदेशमन्त्रीमा रेक्स टिलर्सनलाई छनोट गरेका छन् । ट्रम्पले ६४ वर्षीय टिलर्सन राम्रा व्यापरिक नेताहरुमध्येको र अन्तर्राष्ट्रिय सम्बन्धका कुशल खेलाडी भन्दै प्रशंसा गरेका छन् । टिलर्सनले अमेरिकी सपना साकार पार्ने ट्रम्पको विश्वास छ । उनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राम्रो सम्बन्ध रहेको मानिन्छ । सन् २०१३ मा क्रेमलिनले टिलर्सनलाई ‘अर्डर अफ फ्रेन्डसिप’ अवार्डबाट सम्मानित गरेको थियो । टिलर्सनको मनोनयनबाट डेमोक्र्याट र केही रिपब्लिकनसमेत सशंकित भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । उनको मनोनयनलाई अमेरिकी सिनेटले अनुमोदन गर्न भने बाँकी छ ।  विश्व प्रसिद्ध निजी तेल कम्पनीका प्रमुख कार्यकारी टिलर्सनको व्यापारिक कारोबार अमेरिका, रुस र यमनमा फैलिएको छ   ।

America

विशेष